Kathmandu Press

प्रधानमन्त्री देउवा सहभागि हुने भनिएको ‘भाइब्रेन्ट गुजरात सम्मेलन’ स्थगित 

भारतमा कोरोनाभाइरसको नयाँ रुप ‘ओमिक्रोन’को संक्रमण फैलिएका कारण सम्मेलन स्थगित गरिएको बताइएको छ। सम्मेलन जनवरी १० देखि १२ तारिखसम्म गरिने निर्धारण भएको थियो। 
प्रधानमन्त्री देउवा सहभागि हुने भनिएको ‘भाइब्रेन्ट गुजरात सम्मेलन’ स्थगित 

काठमाडौं, पुस २२ : प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणको तयारी गर्दै गर्दा गुजरात सरकारले भने ‘भाइब्रेन्ट गुजरात ग्लोबल समिट’ स्थगित गरेको छ।

भारतीय सञ्चारमाध्यम एएनआईले गुजरात सरकारबाट सो समिट स्थगित गर्ने निर्णय भएको जानकारी दिएको छ। भारतका अन्य सञ्चारमाध्यमहरुले पनि सम्मेलन स्थगित गर्ने निर्णय भएको खबर सार्वजनिक गरेका छन्। 

भारतमा कोरोनाभाइरसको नयाँ रुप ‘ओमिक्रोन’को संक्रमण फैलिएका कारण सम्मेलन स्थगित गरिएको बताइएको छ। सम्मेलन जनवरी १० देखि १२ तारिखसम्म गरिने निर्धारण भएको थियो। 

सम्मेलन स्थगित भएपछि प्रधानमन्त्री देउवाको भारत भ्रमण पनि स्थगित भएको छ। यसबारेमा औपचारिक रुपमा  परराष्ट्र मन्त्रालयले साँझ जानकारी गराउने बताइएको छ। 

सम्मेलनअघि पुस ९ गते नै प्रधानमन्त्रीको भारत प्रस्थान गर्नेगरी कार्यक्रम तय गरिएको थियो। 

प्रकाशित मिति: १३:०५ बजे, बिहीबार, पुस २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्