Kathmandu Press

उत्तर कोरियाद्वारा हाइपरसोनिक मिसाइलको सफल परीक्षण गरेको दाबी

उत्तर कोरियाद्वारा हाइपरसोनिक मिसाइलको सफल परीक्षण गरेको दाबी

प्योङयाङ, पुस २२ : लोकतान्त्रिक जन गणतन्त्र कोरियाले हाइपरसोनिक मिसाइलको सफल परीक्षण गरेको आधिकारिक कोरियाली केन्द्रीय समाचार एजेन्सीले बिहीबार जनाएको छ।

बुधबार एकेडेमी अफ डिफेन्स साइन्सले प्रक्षेपण गरेको सो मिसाइलले ७०० किलोमिटर टाढाको लक्ष्यमा ठ्याक्कै प्रहार गर्नुअघि १२० किलोमिटर पछाडि चलेको थियो, जसले नयाँ इन्धन प्रणालीको विश्वसनीयता प्रमाणित गरेको थियो।

सेप्टेम्बरमा ह्वाङसङ–८ लाई प्रक्षेपण गरेपछि डिपिआरकेद्वारा पुष्टि गरिएको हाइपरसोनिक मिसाइलको यो दोस्रो परीक्षण हो।

हाइपरसोनिक मिसाइल क्षेत्रमा ‘परीक्षण प्रक्षेपणमा लगातार सफलताहरू’ को रणनीतिक महत्त्व रहेको जनाइएको छ ।

प्रकाशित मिति: १२:४३ बजे, बिहीबार, पुस २२, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्