Kathmandu Press

माओवादी केन्द्रमा पहिरो : पूर्वसभासद छिमि दोर्जीसहित दर्जनौं नेता एमालेमा प्रवेश 

काठमाडौं, पुस २२ : नेकपा माओवादी केन्द्रका पूर्वसभासद सहित दर्जनौं नेता कार्यकर्ता एमाले प्रवेश गरेका छन्। माओवादी केन्द्रको जारी महाधिवेशनले चयन गरेको केन्द्रीय कमिटीमा...
माओवादी केन्द्रमा पहिरो : पूर्वसभासद छिमि दोर्जीसहित दर्जनौं नेता एमालेमा प्रवेश 

काठमाडौं, पुस २२ : नेकपा माओवादी केन्द्रका पूर्वसभासद सहित दर्जनौं नेता कार्यकर्ता एमाले प्रवेश गरेका छन्। माओवादी केन्द्रको जारी महाधिवेशनले चयन गरेको केन्द्रीय कमिटीमा असन्तुष्ट बनेका पूर्व केन्द्रीय सदस्य तथा पूर्वसभासद छिमी दोर्ची लामा नेता कार्यकर्तासहित एमालेमा प्रवेश गरेका हुन्। 

लामा २०६४ सालको संविधानसभा निर्वाचनमा हुम्लाबाट निर्वाचित भएका थिए। जारी महाधिवेशनबाट उनलाई केन्द्रीय सदस्यबाट हटाइएपछि एमाले प्रवेश गरेका हुन्। उनले आफूसँगै कर्णाली प्रदेश कमिटीका ६ जना सदस्य, जिल्ला कमिटीका ३७ जना सदस्य, जनसंगठनका ४ जना केन्द्रीय सदस्यलगायतलाई एमालेमा लगेका हुन्। 

एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरेका छन्। स्वागत गर्ने क्रममा ओलीले नवप्रवेशी नेताहरुलाई समयमै एमाले रोजेर सही निर्णय गरेको समेत बताएका छन्। उनले प्रचण्डले  कम्युनिस्ट आन्दोलनलाई ध्वस्त बनाउने कसम खाएर अगाडि बढेको समेत बताएका छन्। 

प्रकाशित मिति: १२:२६ बजे, बिहीबार, पुस २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्