Kathmandu Press

ब्राजिलका राष्ट्रपति अस्पतालबाट डिस्चार्ज

साओ पाउलो, पुस २२ : आन्द्राको समस्याका कारण भर्ना भएको ४८ घण्टापछि ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारो बुधबार अस्पतालबाट डिस्चार्ज भएका छन्।‘आज डिस्चार्ज भयो। सबैलाई...
ब्राजिलका राष्ट्रपति अस्पतालबाट डिस्चार्ज
Hardik ivf

साओ पाउलो, पुस २२ : आन्द्राको समस्याका कारण भर्ना भएको ४८ घण्टापछि ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारो बुधबार अस्पतालबाट डिस्चार्ज भएका छन्।

‘आज डिस्चार्ज भयो। सबैलाई धन्यवाद,’ बोल्सोनारोले ट्विटरमा लेखेका छन्। ६६ वर्षीय राष्ट्रपतिलाई सोमबार साओ पाउलोको अस्पतालमा भर्ना गरिएको थियो, जहाँ उनको आन्द्रामा देखिएको आंशिक अवरोधको उपचार गरिएको थियो।

सन् २०१८ सेप्टेम्बरमा चुनावी प्रचारका क्रममा पेटमा चक्कु प्रहार भएपछि बोल्सोनारोले हालसम्म चार पटक आन्द्राको शल्यक्रिया गरिएको छ।

प्रकाशित मिति: १२:०३ बजे, बिहीबार, पुस २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्