Kathmandu Press

उत्तरपश्चिम पाकिस्तानमा भिडन्त हुँदा दुई सैनिक र दुई आतंकवादी मारिए

इस्लामाबाद, पुस २२ : पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सुरक्षा बल र आतंककारीहरूबीचको भिडन्तमा दुई सैनिक र दुई आतंककारीको मृत्यु भएको सेनाले बुधबार...
उत्तरपश्चिम पाकिस्तानमा भिडन्त हुँदा दुई सैनिक र दुई आतंकवादी मारिए

इस्लामाबाद, पुस २२ : पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सुरक्षा बल र आतंककारीहरूबीचको भिडन्तमा दुई सैनिक र दुई आतंककारीको मृत्यु भएको सेनाले बुधबार राति एक विज्ञप्तिमार्फत जनाएको छ।

सेनाले आतंकवादीहरूको उपस्थितिको  सुराकीका आधारमा डेरा इस्माइल खान र दक्षिण वजिरिस्तान जिल्लाहरूमा गुप्तचरमा आधारित अपरेसनहरू सञ्चालन गरेको  सेनाको मिडिया शाखा इन्टर-सर्भिसेस पब्लिक रिलेसन्सले जनाएको छ।

Hardik ivf

तीव्र गोलीबारीको क्रममा दुई आतंककारी मारिएको, तीन आतंककारीलाई पक्राउ गरियो र एक आतंकवादीले सुरक्षा बल समक्ष आत्मसमर्पण गरेको सेनाले  जनाएको छ। साथै आतंकवादीसँग लड्दा दुई सैनिकले पनि ज्यान गुमाएका छन्। 

आतंकवादीहरूबाट इम्प्रोभाइज्ड विस्फोटक उपकरणहरू र रकेटहरू सहित हतियार र गोला बारूदको ठूलो परिणाम पनि बरामद गरिएको छ।

प्रकाशित मिति: ११:५९ बजे, बिहीबार, पुस २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्