Kathmandu Press

तोलामा ५०० ले घट्यो सुनको मूल्य 

काठमाडौं, पुस २२ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ५०० ले घटेर रु ९२ हजार ३०० तोकिएको छ। पहेँलो धातु अधिल्लो...
तोलामा ५०० ले घट्यो सुनको मूल्य 

काठमाडौं, पुस २२ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ५०० ले घटेर रु ९२ हजार ३०० तोकिएको छ। पहेँलो धातु अधिल्लो दिन प्रतितोला रु ९२ हजार ८०० मा कारोबार भएको थियो  ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९१ हजार ८०० कायम भएको छ । जसको मूल्य बुधबार प्रतितोला रु ९२ हजार ३०० तोकिएको थियो। 

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु २५ ले घटेर रु एक हजार २३५ तोकिएको महासङ्घले जनाएको छ। 

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८०३ डलर आसपास कारोबार भइरहेको छ। 

प्रकाशित मिति: ११:५० बजे, बिहीबार, पुस २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्