Kathmandu Press

भारतमा ओमिक्रोनबाट एकको मृत्यु

नयाँ दिल्ली, पुस २२ : भारतको स्वास्थ्य मन्त्रालयले कोरोनाको घातक भनिएको ओमिक्रोन भेरियन्टबाट एक जनाको ज्यान गएको जनाएको छ।भारतको राजस्थानमा एकजनाको यो भेरियन्टबाट...
भारतमा ओमिक्रोनबाट एकको मृत्यु

नयाँ दिल्ली, पुस २२ : भारतको स्वास्थ्य मन्त्रालयले कोरोनाको घातक भनिएको ओमिक्रोन भेरियन्टबाट एक जनाको ज्यान गएको जनाएको छ।

भारतको राजस्थानमा एकजनाको यो भेरियन्टबाट मृत्यु भएको प्रमाणित भएको सो मन्त्रालयले बुधबार जनाएको छ। ती व्यक्ति मधुमेहका दीर्घरोगी रहेका र उनी ओमिक्रोनको उपचारका क्रममा रहेका पनि सो मन्त्रालयले जनाएको छ।

यो नै भारतमा ओमिक्रोनबाट भएको पहिलो मृत्यु हो। भारतमा अहिलेसम्म ओमिक्रोनबाट २ हजार १३५ जना सङ्क्रमित भएको बताइएको छ।

प्रकाशित मिति: ११:४८ बजे, बिहीबार, पुस २२, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्