Kathmandu Press

राष्ट्रिय सभा निर्वाचनमा सत्तारुढ गठबन्धनलाई जिताउन उच्चस्तरीय समन्वय समितिको अपिल 

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान बसेको बैठकले   राष्ट्रिय सभा निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवारलाई जिताउने निर्णय गरेको हो। 
राष्ट्रिय सभा निर्वाचनमा सत्तारुढ गठबन्धनलाई जिताउन उच्चस्तरीय समन्वय समितिको अपिल 

काठमाडौं, पुस २२ : उच्चस्तरीय समन्वय समितिले आगामी राष्ट्रिय सभा निर्वाचनमा सत्तारुढ गठबन्धनलाई जिताउन अपिल गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान बसेको बैठकले   राष्ट्रिय सभा निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवारलाई जिताउने निर्णय गरेको हो। 

बैठकले गठबन्धनका उम्मेदवारहरुलाई जिताउन मतदातालाई अपिलसमेत गरेको बैठकपछि सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

बैठकमा प्रधानमन्त्रीको आसन्न भारत भ्रमण तथा प्रतिनिधि सभा सञ्चालन सम्बन्धमा पनि छलफल भएको छ। बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई भारत भ्रमणको शुभकामना समेत दिएको छ । यो भ्रमणले दुई देशबीचको सम्बन्ध थप सुदृढ हुने संयन्त्रले विश्वास व्यक्त गरेको पनि कार्कीले बताए।

राष्ट्रिय सभा निर्वाचन आगामी माघ १२ गते हुँदै छ । त्यसका लागि सात वटै प्रदेशमा सत्ता गठबन्धनले समन्वय समिति गठन गरेको छ ।

प्रकाशित मिति: ११:३८ बजे, बिहीबार, पुस २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्