Kathmandu Press

विनोद चौधरीको कांग्रेस केन्द्रीय सदस्य पद खारेज  गर्न माग गर्दै उजुरी 

काठमाडौ, पुस २२ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीको पद खारेज गर्न माग गर्दै उजुरी परेको छ। पार्टीको केन्द्रीय निर्वाचन कार्यालय र केन्द्रीय...
विनोद चौधरीको कांग्रेस केन्द्रीय सदस्य पद खारेज  गर्न माग गर्दै उजुरी 

काठमाडौ, पुस २२ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीको पद खारेज गर्न माग गर्दै उजुरी परेको छ। पार्टीको केन्द्रीय निर्वाचन कार्यालय र केन्द्रीय निर्वाचन आयोगमा चौधरीको  पद खारेज गर्न माग गर्दै उजुरी परेको हो। 

सिराहा क्षेत्र नम्बर ३ का कांग्रेस महासमिति सदस्य डा सुभाष्चन्द्र यादवले चौधरीविरुद्ध उजुरी दिएका हुन्। चौधरीलाई अवैधानिक रुपमा केन्द्रीय सदस्य बनाइएको भन्दै उनको  पद खारेज गरी आफूलाई केन्द्रीय सदस्य बनाउन माग गरेका छन्। 

कांग्रेसको विधान अनुसार केन्द्रीय सदस्य बन्न १० वर्ष निरन्तर पार्टीको क्रियाशील सदस्य भएको हुनुपर्ने उल्लेख गरिएको तर चौधरी २०७४ सालमा मात्र कांग्रेस प्रवेश गरेकाले उनी केन्द्रीय सदस्य बन्न नपाउने यादवले तर्क गरेका छन् ।

उद्योगपति चौधरी कांग्रेसको १४औं महाधिवेशनमा मधेसी (खुला) कोटाबाट केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।

 

प्रकाशित मिति: ११:१० बजे, बिहीबार, पुस २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्