Kathmandu Press

बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक जारी 

काठमाडौं, पुस २२ : प्रधानमन्त्री निवास बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक जारी छ।प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण अघि संयन्त्रको बैठक बसेको हो। सरकार सञ्चालनमा...
बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक जारी 
संयन्त्रका संयाेजक रामचन्द्र पाैडेल

काठमाडौं, पुस २२ : प्रधानमन्त्री निवास बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक जारी छ।

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण अघि संयन्त्रको बैठक बसेको हो। सरकार सञ्चालनमा सहयोग गर्न गठित संयन्त्रको बैठकमा प्रधानमन्त्री देउवाको भारत भ्रमण, आसन्न राष्ट्रिय सभा निर्वाचन लगायतका विषयमा छलफल भइरहेको बालुवाटार स्रोतले जानकारी दिएको छ। 

बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधि सभामा गर्दै आएको अवरोध अन्त्यका विषयमा पनि छलफल हुने बताइएको छ। प्रतिनिधि सभाको अवरोध हटाउने विषयमा कांग्रेस वरिष्ठ  नेता पौडेलले बुधबार एमाले अध्यक्ष केपी शर्मा ओलीले भेटवार्ता गरेका थिए। 

२२ कात्तिकमा बसेको गठबन्धन दलको बैठकले कांग्रेस वरिष्ठ नेता पौडेलको संयोजकत्वमा कृष्ण सिटौला, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल र नारायणकाजी श्रेष्ठ, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र दुर्गा पौडेल सदस्य रहेको समिति गठन गरेको थियो। 

प्रकाशित मिति: ०९:४६ बजे, बिहीबार, पुस २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्