पश्चिमी वायुको प्रभावले चार प्रदेशमा वर्षा
काठमाडौं, पुस २२ : पश्चिमी वायुको प्रभावले गएरातिदेखि चार वटा प्रदेशमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।विभागको मौसम पूर्वानुमान...
काठमाडौं, पुस २२ : पश्चिमी वायुको प्रभावले गएरातिदेखि चार वटा प्रदेशमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिम वायु सुदूरपश्चिम भएर नेपाल प्रवेश गरेको छ। जसले गर्दा सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा हल्का वर्षा भइरहेको छ।
विस्तारै अन्य प्रदेशमा पनि मौसम बदली हुँदै गएको छ। प्रदेश २ बाहेक सबै प्रदेशमा वर्षा हुने महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार केही दिन वर्षा र हिमपात हुनेछ। पश्चिम वायु शनिबारसम्म देशैभर फैलिने महाशाखाको आकलन छ। जसले गर्दा उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ।
आज दिनभर पनि चार वटा प्रदेशमा वर्षाको सम्भावना छ। राति पनि पहाडी तथा तराई भूभागमा हल्का वर्षा हुनेछ। उच्च पहाडी क्षेत्रमा हिमपात हनुे महाशाखाले जनाएको छ।
प्रकाशित मिति: ०७:५४ बजे, बिहीबार, पुस २२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











