Kathmandu Press

पाँचथरमा आगलागी, तीन घर र ६ पसल जलेर नष्ट

पाँचथर, पुस २२ : फालेलुङ गाउँपालिका–६ बरभञ्ज्याङमा गएराति आगलागी हुँदा तीन घर जलेका छन्।बरभञ्ज्याङका जीतबहादुर मेयोङ्बाको घरबाट सुरु भएको आगलागी फैलिएको थियो। त्यसपछि...
पाँचथरमा आगलागी, तीन घर र ६ पसल जलेर नष्ट

पाँचथर, पुस २२ : फालेलुङ गाउँपालिका–६ बरभञ्ज्याङमा गएराति आगलागी हुँदा तीन घर जलेका छन्।

बरभञ्ज्याङका जीतबहादुर मेयोङ्बाको घरबाट सुरु भएको आगलागी फैलिएको थियो। त्यसपछि रामजीत राई र मनबहादुर राईको घर पनि जलेको जिल्ल प्रहरी कार्यालयले जनाएको छ।

आगलागीमा तीन घरमा रहेको आइएमईको कार्यालयसहित आधा दर्जन पसल जलेको स्थानीयवासी खगेन्द्र राईले जानकारी दिए। आगलागी नियन्त्रणका लागि फिदिममा रहेका दुई दमकलको सहायता लिइएको थियो।

बरभञ्ज्याङ फालेलुङ–६ को केन्द्रका रुपमा रहेको बजार हो। विद्युत् सर्ट भई आगलागी भएको स्थानीयवासीको अनुमान छ।

प्रकाशित मिति: ०६:५८ बजे, बिहीबार, पुस २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्