Kathmandu Press

युवा परिषद‍्को उपाध्यक्षमा सुरेन्द्र बस्नेत नियुक्त

युवा परिषद‍्को उपाध्यक्षमा सुरेन्द्र बस्नेत नियुक्त

काठमाडौं, पुस २१ : राष्ट्रिय युवा परिषद‍्को उपाध्यक्षमा सुरेन्द्र बस्नेत नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद‍्को बैठकले बस्नेतलाई राष्ट्रिय युवा परिषद‍्को उपाध्यक्षमा नियुक्त गरेको मन्त्रिपरिषद स्रोतले जनाएको हो । 

युवा तथा खेलकुद मन्त्रालयको मातहतमा रहेको परिषद‍्को उपाध्यक्ष नियुक्तिका लागि मन्त्रालयका सचिव डा. दामोदर रेग्मीको नेतृत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरिएको थियो । 

गत पुस १ गते युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले मन्त्रिस्तरीय निर्णयबाट सिफारिस समिति गठन गरी सोही समितिको सिफारिसमा मन्त्रिपरिषद् बैठकले बस्नेतलाई नियुक्त गरेको हो । उपाध्यक्षको कार्यकाल चार वर्षको रहनेछ । 

प्रकाशित मिति: २०:४१ बजे, बुधबार, पुस २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्