राअविको प्रमुखमा खरेल नियुक्त
काठमाडौं, पुस २१ : राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा यदुलाल खरेल नियुक्त भएका छन् । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले विभागका अतिरिक्त मुख्य अनुसन्धान निर्देशक (एआईजी)...
काठमाडौं, पुस २१ : राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा यदुलाल खरेल नियुक्त भएका छन् ।
बुधवार बसेको मन्त्रिपरिषद् बैठकले विभागका अतिरिक्त मुख्य अनुसन्धान निर्देशक (एआईजी) खरेललाई मुख्य अनुसन्धान निर्देशकमा नियुक्ति गर्ने निर्णय गरेको हो ।
विभागको अहिलेका प्रमुख गणेश अधिकारी बिहीबारबाट अवकाशमा जाने भएकोले उनलाई नियुक्त गरिएको हो । राष्ट्रिय अनुसन्धान विभागको प्रमुख बन्न यदुलाल खरेल र यादव रेग्मी प्रतिस्पर्धामा थिए ।
खरेलले करिब ९ महिना विभागको कमाण्ड समाल्नेछन् । विभागको नियमावली अनुसार ५८ वर्षे उमेर हदका कारण खरेल २०७९ भदौ २० मा अवकाशमा जानेछन् । यादव रेग्मी उमेर हदका कारण २०७९ वैशाखमा अवकाशमा जानेछन् ।
प्रकाशित मिति: २०:१७ बजे, बुधबार, पुस २१, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











