प्रधानमन्त्री देउवा आइतबार भारत भ्रमणमा जाने
काठमाडौं, पुस २१ : प्रधानमन्त्री शेरबहादुर देउवा आउंदो आइतबार भारत भ्रमणमा जाने भएका छन् । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले प्रधानमन्त्रीको भारत भ्रमण अनुमोदन गरेको...
काठमाडौं, पुस २१ : प्रधानमन्त्री शेरबहादुर देउवा आउंदो आइतबार भारत भ्रमणमा जाने भएका छन् ।
मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले प्रधानमन्त्रीको भारत भ्रमण अनुमोदन गरेको हो । प्रधानमन्त्री देउवासहितको २५ सदस्यीय टोली सोमबार गुजरातमा सुरु हुने भाइब्रेन्ट गुजरात समिटमा सहभागी हुन भारत जान लागेका हुन् ।
चार दिने भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग पनि भेटवार्ता समेत गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्रीसहितको टोली नेपाल एयरलाइन्सको विमानमार्फत आइतबार दिल्ली हुँदै अहमदावाद जानेछ ।
प्रकाशित मिति: १९:५२ बजे, बुधबार, पुस २१, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











