Kathmandu Press

साढे ३३ किलो सुन प्रकरण : गोरेका भाइ रमेश अदालतमा हाजिर 

काठमाडौं, पुस २१ : मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका रमेश उप्रेती अदालत हाजिर भएका छन् । साढे ३३ किलो सुन र शनम शाक्य...
साढे ३३ किलो सुन प्रकरण : गोरेका भाइ रमेश अदालतमा हाजिर 

काठमाडौं, पुस २१ : मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका रमेश उप्रेती अदालत हाजिर भएका छन् । साढे ३३ किलो सुन र शनम शाक्य हत्या प्रकरणमा फरार रहेका रमेशलाई बुधबार जिल्ला अदालत मोरङमा हाजिर गराइएको हो। 

उनी साढे ३३ किलो सुन र शनम शाक्य हत्याका प्रकरणका मुख्य अभियुक्त चुडामणी उप्रेती ‘गोरे’ का भाई हुन्।  घटनापछि रमेश दुबई  बस्दै आएका थिए। उनलाई पक्राउ गर्न नसकेपछि नेपाल प्रहरीले इन्टरपोलमा ‘रेड नोटिस’ जारी गरेको थियो। 

मंगलबार दुबईबाट आउँदै गरेका रमेशलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको हो। उनलाई मंगलाबार महानगरीय प्रहरी वृत्त गौशालामा राखिएको र बुधबार बिहान मोरङ पुर्याइएको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: १७:४९ बजे, बुधबार, पुस २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्