Kathmandu Press

नेपालमा कोरोना संक्रमणदर बढ्याे, एकैदिन ४३५ संक्रमित थपिए 

दैनिक संक्रमितको संख्या मंगलबारको तुलनामा बुधबार केही बढेको छ। मंगलबार ३९३ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयको तथ्यांक छ। बुधबार सार्वजनिक विवरण अनुसार  १० हजार २६७ नमूना परीक्षण ४३५ जनामा संक्रमण पुष्टि भएको छ। 
नेपालमा कोरोना संक्रमणदर बढ्याे, एकैदिन ४३५ संक्रमित थपिए 

काठमाडौं, पुस २१ : नेपालमा कोरोना संक्रमण दर बढेको पाइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणले यस हप्ताको  सुरुवातदेखि नै कोरोनाको दैनिक संक्रमण दर बढिरहेको पुष्टि गर्दछ। 

दैनिक संक्रमितको संख्या मंगलबारको तुलनामा बुधबार केही बढेको छ। मंगलबार ३९३ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयको तथ्यांक थियो। बुधबार सार्वजनिक विवरण अनुसार  १० हजार २६७ नमूना परीक्षण ४३५ जनामा संक्रमण पुष्टि भएको छ। 

मन्त्रालयका अनुसार  ६ हजार ७१५ नमूनाको पीसीआर परीक्षण गर्दा ३७० जनामा संक्रमण पुष्टि भएको हो भने ३ हजार ५५२ नमूनाको एन्टीजेन परीक्षण गर्दा ६५ जनामा कोरोना पुष्टि भएको छ। 

सोही अवधिमा २३९ जना संक्रमणमुक्त भएका छन् । बुधबार कोरोनाबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ।

यससँगै मुलुकमा कोरोना संक्रमितको कुल संख्या पीसीआर तर्फ  ८ लाख ३० हजार २ पुगेको छ भने एन्टीजेनतर्फ ९६ हजार ३८३ पुगेको छ। निको हुनेको संख्या ८ लाख १३ हजार १७६ छ भने हालसम्म ११ हजार ६ सय १ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। 

आज मुलुकभर ५ हजार २२५ जना सक्रिय संक्रमित रहेका छन्। तीमध्य ४ हजार ८५२ जना होम आइसोलेसनमा छन् भने ३७३ जना संस्थागत आइसोलेसनमा र ९८ जना क्वारेन्टिनमा रहेका छन् । अस्पतालमा उपचाररत संक्रमितमध्य ८४ जना आइसीयूमा र १४ जना भेन्टिलेटरमा छन्। 

प्रकाशित मिति: १७:२७ बजे, बुधबार, पुस २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्