Kathmandu Press

राष्ट्रपतिसँग बिमस्टेक महासचिवको भेटवार्ता

काठमाडौं, पुस २१ : राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) का महासचिव तान्जेन लाक्फेलले आज राष्ट्रपति...
राष्ट्रपतिसँग बिमस्टेक महासचिवको भेटवार्ता

काठमाडौं, पुस २१ : राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) का महासचिव तान्जेन लाक्फेलले आज राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेटवार्ता गरेका छन्।

सो अवसरमा बिम्स्टेक प्रक्रियालाई थप प्रभावकारी बनाई अघि बढ्न सदस्य राष्ट्रहरुबीच क्षेत्रीय सहयोग अभिवृद्धि गर्ने विषयमा कुराकानी भएको थियो। 

राष्ट्रपतिको कार्यालयका अनुसार त्यस अवसरमा सरकारका उच्चपदस्थ अधिकारीहरुको उपस्थिति थियो।

प्रकाशित मिति: १७:०२ बजे, बुधबार, पुस २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्