Kathmandu Press

काजकिस्तानमा २ सय जना पक्राउ : सैनिक

काजकिस्तानमा २ सय जना पक्राउ : सैनिक

अल्माटी, पुस २१ : काजकिस्तानमा दुई सय जनाभन्दा बढी पक्राउ परेका छन्। बिजुलीको मूल्य बढेपछि सुरु भएको आन्दोलनमा सहभागीमध्ये २०० भन्दा बढीलाई पक्राउ गरिएको हो ।

मध्यएसियाली मुलुक काजकिस्तानमा आन्दोनलका कारण अशान्ति भएको भन्दै सरकारले आन्दोलनकारीलाई पक्राउ गरेको हो। ‘आन्दोलनकारीले सार्वजनिक यातायातका सेवालाई असर पारेको, सार्वजनिक सम्पत्तिमा क्षति पुर्याएकोलगायतका कारणले उनीहरुलाई पक्राउ गरिएको हो,’ गृह मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ। 
 
आन्दोलनका क्रममा भएको झडपमा परी ९५ प्रहरी घाइते भएको पनि गृह मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: १५:५५ बजे, बुधबार, पुस २१, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्