Kathmandu Press

लिबियाका पूर्वउपप्रधानमन्त्रीलाई भ्रष्टाचारको आरोप

काठमाडाैं, पुस २१ : लिबियाको पूर्वउपप्रधानमन्त्री तथा पूर्वगृहमन्त्रीलाई भ्रष्टाचार गरेको आरोप लगाइएको छ।लिबियाका महान्यायाधिवक्ताको कार्यालयले पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री अल साद्धिक अब्दुल्करी करिमलाई भ्रष्टाचार गरेको...
लिबियाका पूर्वउपप्रधानमन्त्रीलाई भ्रष्टाचारको आरोप

त्रिपाेली, पुस २१ : लिबियाको पूर्वउपप्रधानमन्त्री तथा पूर्वगृहमन्त्रीलाई भ्रष्टाचार गरेको आरोप लगाइएको छ।

लिबियाका महान्यायाधिवक्ताको कार्यालयले पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री अल साद्धिक अब्दुल्करी करिमलाई भ्रष्टाचार गरेको आरोप लागाइएको हो। उनीहरुले आर्थिक अनियमितता गरेको र उनीमाथि अनुसन्धान भइरहेको पनि अधिकारीहरुले जनाएका छन्।  

Hardik ivf

राष्ट्रपतिका उम्मेदवारसमेत रहेका करिमले आफू पदमा रहँदा न्यून गुणस्तरको सामग्रीलाई उच्च मूल्य तिर्नेगरी हस्ताक्षर गरेको पाइएको दाबी गरिएको छ।

उनले कानुनको उल्लंघन र गलत प्रयोग गरेकाले उनीमाथि अनुसन्धान गरी कारबाही गर्न महान्यायाधिवक्ताको कार्यालयले माग गरेको छ। उनले राज्यलाई ५ करोड अमेरिकी डलर नोक्सान गराएको महान्यायाधिवक्ताको कार्यालयले दाबी गरेको छ। 

प्रकाशित मिति: १४:४१ बजे, बुधबार, पुस २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्