Kathmandu Press

रुबी खानले तोडिन् अनशन, सरकारसँग भएको चारबुँदे सहमतिमा के छ ? 

निर्मला कुर्मी हत्या प्रकरणको छानविन गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट प्रहरी खटाउन प्रहरी प्रधान कार्यालयलाई पत्राचार गर्ने सहमति भएको छ। सरकार र मञ्चबीच भएको सहमति सार्वजनिक गर्दै खानले अनसन तोडेकी हुन्। 
रुबी खानले तोडिन् अनशन, सरकारसँग भएको चारबुँदे सहमतिमा के छ ? 

काठमाडौं, पुस २१ : निर्मला कुर्मी अपहरण तथा शरीर बन्धक गरी हत्या प्रकरणमा न्याय माग्दै लामो समयदेखि अनसनरत रुबी खानले बुधबार अनसन तोडेकी छन्। सरकारसँग मंगलबार चार बुँदे सहमति भएपछि  खानले अनसन तोडेकी हुन्। 

महिला अधिकार मञ्चले बुधबार माइतीघरमा पत्रकार सम्मेलन गरि एक विज्ञप्ति जारी गर्दै जारी आन्दोलन स्थगित गर्ने र खानले आजैको मितिदेखि अनसन तोड्ने जनाएको छ। 

निर्मला कुर्मी हत्या प्रकरणको छानविन गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट प्रहरी खटाउन प्रहरी प्रधान कार्यालयलाई पत्राचार गर्ने सहमति भएको छ। सरकार र मञ्चबीच भएको सहमति सार्वजनिक गर्दै खानले अनसन तोडेकी हुन्। 

सहमति कार्यान्वयन नभएको अवस्थामा पुनः आन्दोलन सँगै अनसन बस्ने खानले बताईन्। 

यस्तो छ, सरकार र रुबी खानबीच भएको चारबुँदे सहमति 

१. निर्मला कुर्मीको अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान सम्बन्धी जाहेरीमा औल्याईएका विषयमा केन्द्रिय अनुसन्धान ब्युरोमार्फत अनुसन्धान गर्ने गरि श्री प्रहरी प्रधान कार्यालय नक्साल काठमाडौंमा पत्राचार गर्ने सहमती गरियो।

२. निर्मला कुर्मी अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान सम्बन्धमा जाहेरवाला, साक्षी, आन्दोलनरत व्यक्तिलाई समेत अभियुक्तको तर्फबाट धाकधम्की, प्रलोभन आएको भन्ने विषयमा निजको सुरक्षामा विशेष ध्यान दिन सुरक्षा निकायलाई गृह मन्त्रालयले निर्देशन दिने सहमती गरियो।

३. छानबिन प्रतिवेदनमा औल्याएका विषयहरु कार्यान्वयन गर्न सम्बन्धीत निकायहरुमा पत्राचार गर्ने, यसमा पुर्व भएका पत्राचार कारबाहीका विषयमा प्रगति विवरण प्राप्त गर्ने कार्यान्वयनका लागि फलोअप गर्ने सहमती गरियो । 

४. उल्लेखित विषयलाई लिएर आमरण अनसनमा रहेकी रुचि खानले आजैका मितिबाट अनशन तोडने, निजसहितका आन्दोलनरत व्यक्तिहरुले धर्ना सहितका सम्पूर्ण कार्यक्रमहरु स्थगित गर्ने सहमति गरियो।

 

  

प्रकाशित मिति: १४:०७ बजे, बुधबार, पुस २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्