Kathmandu Press

उत्तर कोरियाद्वारा समुद्रमा ब्यालेस्टिक मिसाइल प्रहार

उत्तर कोरियाद्वारा समुद्रमा ब्यालेस्टिक मिसाइल प्रहार

सोल, पुस २१ : उत्तर कोरियाले बुधबार समुद्रमा ब्यालेस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरिया र जापानले जनाएको छ।

प्योङयाङले यस वर्ष यो पहिलो पटक प्रक्षेपण गरेको छ। उत्तरले कोरियाले प्रायद्वीपको पूर्वी समुद्रतर्फ स्थानीय समयाअनुसार मङ्गलबार बिहान ८ः१० बजे ‘ब्यालेस्टिक मिसाइल’ प्रहार गरेको दक्षिण कोरियाली सेनाले जनाइएको छ।

Hardik ivf

एक आपतकालीन बैठकपछि दक्षिण कोरियाको राष्ट्रिय सुरक्षा परिषदले यस मिसाइल परीक्षणको चिन्ता व्यक्त गरेको राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

यसलाई सम्भावित ब्यालेस्टिक मिसाइल प्रक्षेपण को रूपमा वर्णन गरे पनि उत्तर कोरियाले गरेको लगातार क्षेप्यास्त्र प्रक्षेपण साँच्चै खेदजनक भएको जापानी प्रधानमन्त्री फुमियो किशिदाले बताएका छन्। 

जापान सरकारका प्रवक्ता हिरोकाजु मात्सुनोले पत्रकारहरूलाई अहिलेसम्म जापानी विमान र जहाजहरूमा क्षति पुगेको कुनै समाचार नआएको बताएका छन्।

यो प्रक्षेपण गत हप्ता किमको भाषणपछि भएको थियो जसमा उनले उत्तर कोरियाले आफ्नो सैन्य क्षमताको निर्माण जारी राख्ने बताएका थिए। 

प्रकाशित मिति: १४:०१ बजे, बुधबार, पुस २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्