Kathmandu Press

काजकिस्तानमा मन्त्रिपरिषद् विघटन, संकटकाल घोषणा

अल्माटी, पुस २१ काजकिस्तानका राष्ट्रपति कास्यम जोमार्त तोकायेभले मन्त्रीपरिषद विघटन भएको घोषणा गरेका छन्।मध्य एसियाली मुलुक काजकिस्तानमा देशव्यापी विरोध प्रदर्शन भइरहेपछि उनले आज...
काजकिस्तानमा मन्त्रिपरिषद् विघटन, संकटकाल घोषणा
काजकिस्तानको अल्माटीमा मंगलबार प्रहरीको गाडी रोक्ने प्रयास गर्दै प्रदर्शनकारी। तस्बरि : एपी

अल्माटी, पुस २१ काजकिस्तानका राष्ट्रपति कास्यम जोमार्त तोकायेभले मन्त्रीपरिषद विघटन भएको घोषणा गरेका छन्।

मध्य एसियाली मुलुक काजकिस्तानमा देशव्यापी विरोध प्रदर्शन भइरहेपछि उनले आज (बुधबारं) मन्त्रिपरिषद् नै विघटन गरेका हुन्।

Hardik ivf

विद्युतको मूल्य वृद्धि भएपछि त्यसको विरोधमा केही समयदेखि देशव्यापी आन्दोलनका कार्यक्रमहरु भइरहेका थिए। उनले देशको सबैभन्दा ठूलो सहर तथा आर्थिक राजधानी अल्माटी र पश्चिमी प्रान्त मांगिस्टाउमा संकटकाल लागु गरिएको घोषणा पनि गरेका छन्।  

संकटकाल लागू गरिएका दुवै सहर आन्दोलनकारीहरुको बढी प्रभाव रहेको सहर मानिन्छ। हजारौ आन्दोलनकारीले सडकमा उत्रिएर प्रधानमन्त्रीको राजीनामा माग गरेका थिए।

प्रधानमन्त्री अस्कर मामिनले दिएको राजीनामा राष्ट्रपति तोकायेभले स्विकृत गर्नु भएको राष्ट्रपति कार्यालयले जनाएको छ। नयाँ प्रधानमन्त्री नियुक्त नहुँदासम्म उपप्रधानमन्त्री अलिखान स्माइलोभले जिम्मेवारी सम्हाल्ने भएका छन्।

आन्दोलन दबाउन सरकारले मंगलबार अल्मातीमा अश्रुग्यास प्रहार गरेको थियो। सरकारले घोषणा गरेको संकटकाल यही जनवरी ५ देखि १९ सम्म कायम रहने भएको छ।

प्रकाशित मिति: १३:५४ बजे, बुधबार, पुस २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्