प्रतिनिधिसभाको भोलिलाई बोलाइएको बैठक पुस २८ का लागि सारियो
काठमाडौं, पुस २१ : भोलि (पुस २२ बिहीबार) का लागि बोलाइएको प्रतिनिधिसभा बैठक पुस २८ का लागि सारिएको छ।एमालेको केही जिल्लामा अधिवेशन गर्न बाँकी...
काठमाडौं, पुस २१ : भोलि (पुस २२ बिहीबार) का लागि बोलाइएको प्रतिनिधिसभा बैठक पुस २८ का लागि सारिएको छ।
एमालेको केही जिल्लामा अधिवेशन गर्न बाँकी रहेकाले केही समयका लागि बैठक स्थगित गर्न संसद् सचिवालयलाई आग्रह गरेपछि बैठक सारिएको जनाइएको छ।
संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले आज (बुधबार) एक सूचना प्रकाशन गरी पुस २८ गते दिउँसो १ बजे बैठक बस्ने जानकारी गराएका हुन्।
यसअघि पनि बैठक बस्दै नबसी स्थगित गपुस १८ गतेका लागि बोलाइएको बैठक माओवादी केन्द्रले महाधिवेशन चलिरहेको भन्दै स्थगित गर्न माग गरेपछि पुस २२ गतेका लागि सारिएको थियो।

प्रकाशित मिति: १३:३३ बजे, बुधबार, पुस २१, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











