Kathmandu Press

एमालेको बैतडी जिल्ला अधिवेशनका लागि प्रतिनिधि छनोट

बैतडी, पुस २१ : नेकपा (एमाले) को आठौं  जिल्ला अधिवेशनका लागि जिल्लाका सबै वडाबाट प्रतिनिधि छनोट गरिएका छन् । यही पुस २३ गतेदेखि पाटनमा...
एमालेको बैतडी जिल्ला अधिवेशनका लागि प्रतिनिधि छनोट

बैतडी, पुस २१ : नेकपा (एमाले) को आठौं  जिल्ला अधिवेशनका लागि जिल्लाका सबै वडाबाट प्रतिनिधि छनोट गरिएका छन् । यही पुस २३ गतेदेखि पाटनमा हुने जिल्ला अधिवेशनका लागि प्रतिनिधि छनोट सम्पन्न हुन्। एक सय सङ्गठित सदस्य बराबर एक महिलासहित तीन जना प्रतिनिधि छनोट हुने प्रावधान छ। 

यसैगरी दलित सङ्गठित सदस्यबाट एक सय  बराबर एक महिलासहित तीन जना प्रतिनिधि छनोट हुने प्रावधान छ ।  सोहीअनुसार ५०९ प्रतिनिधि छनोट गरिएका एमाले केन्द्रीय सदस्य तथा जिल्ला सह–इञ्चार्ज लीलाधर भट्टले जानकारी दिए।

यसैबीच प्रतिनिधि छनोटसँगै अधिवेशनको  सरगर्मी बढेको छ । आगामी नेतृत्वका लागि नेता आन्तरिक तयारीमा जुटिरहेका छन् भने अधिवेशन सफल पार्नका लागि अन्य तयारीसमेत तीव्र पारिएको जनाएको छ।  अधिवेशनबाट नेतृत्व लिनका लागि नेताले तयारी थालिसकेका छन्। 

जिल्ला अध्यक्षका रुपमा हाल नेतृत्व सम्हालिरहेका  सुरेन्द्र पाल र पञ्चेश्वर गाउँपालिकाका अध्यक्षले नेतृत्वमा दाबी गरिरहेका छन् । यता जिल्ला सह इञ्चार्ज भट्टले भने नेतृत्वका लागि जति जनाले दाबी गरिरहेका भए पनि सर्वसम्मतिबाटै नयाँ नेतृत्व चयन हुने बताए।

उनले भने, ‘अधिकतम प्रयास सर्वसम्मतको हुन्छ, सहमति हुननसकेका भने, लोकतान्त्रिक विधिमार्फत निर्वाचनमा जान्छौं समूहगत रुपमा उम्मेदवारी हुदैन । स्वतन्त्र रुपमा मापदण्ड पुगेकोले दिन पाउँछ।’ बैतडीमा हाल एमालेका नौ हजार ३२९ सङ्गठित सदस्य रहेका बताइएको छ।

प्रकाशित मिति: १३:३३ बजे, बुधबार, पुस २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्