Kathmandu Press

चार्ल्स शोभराजको मुद्दा ‘हेर्न नमिल्ने’

काठमाडौं, पुस २१ : फ्रेञ्च सिरियल किलर चार्ल्स शोभराजको मुद्दा हेर्न नमिल्ने भएको छ। सर्वोच्च अदालतमा शोभराजले दिएको बन्दी प्रत्यक्षीकरणको निवेदनमा आज  सुनुवाई हुने...
चार्ल्स शोभराजको मुद्दा ‘हेर्न नमिल्ने’

काठमाडौं, पुस २१ : फ्रेञ्च सिरियल किलर चार्ल्स शोभराजको मुद्दा हेर्न नमिल्ने भएको छ। सर्वोच्च अदालतमा शोभराजले दिएको बन्दी प्रत्यक्षीकरणको निवेदनमा आज  सुनुवाई हुने पेशी तोकिएको थियो ।सुनुवाइका लागि पेसी तोकिए पनि ‘हेर्न नमिल्ने’ ठहर भएको हो।

शोभराजले पुस ७ गते उमेरको आधारमा कैद छुटको माग गर्दै रिट निवेदन दिएका थिए । यसअघि अनिलकुमार सिन्हाको एकल इजलासले सो रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको थियो ।

७० वर्ष उमेर पुगेका कैदीबन्दीलाई असल चालचलन भएमा ७५ प्रतिशतसम्म कैद छुट दिन सकिने कानुनी व्यवस्था छ । शोभराजले नेपालीमात्र नभई विदेशी नागरिकको हकमा पनि लागू हुनुपर्ने माग गरेका छन् ।

उनलाई शृङ्खलावद्ध हत्यामा जन्मकैदको सजाय भएको थियो । उनी कारागार कार्यालय जगन्नाथदेवलमा थुनामा छन्। 


 

प्रकाशित मिति: १३:२९ बजे, बुधबार, पुस २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्