Kathmandu Press

दैलेखमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु

सुर्खेत, पुस २१ : दैलेखमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।भगवतीमाई गाउँपालिका–२ बेस्तडाबाट  सदरमुकाम नारायण नगरपालिकातर्फ जाँदै गरेको लु२च ४८२९ नम्बरको जिप आज...
दैलेखमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु

सुर्खेत, पुस २१ : दैलेखमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

भगवतीमाई गाउँपालिका–२ बेस्तडाबाट  सदरमुकाम नारायण नगरपालिकातर्फ जाँदै गरेको लु२च ४८२९ नम्बरको जिप आज (बुधबार) नारायण नगरपालिका–११ लोहोर कच्ची सडक खण्डमा दुर्घटनामा परेको थियो। 

मृत्यु हुनेमा भगवतीमाई–६ का ३० वर्षीय कृष्ण रोका रहेको प्रहरीको भनाइ छ। जिप चालकसमेत रहेका उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

जिपमा तीन महिला पाँच पुरुष र दुई बच्चा गरी १० यात्रु सवार रहेको प्रहरीले जनाएको छ। उनीहरू सबै घाइते र हेको जिल्ला अस्पताल दैलेखमा उपचार भइरहेको जनाइएको छ।

प्रकाशित मिति: १२:४२ बजे, बुधबार, पुस २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्