Kathmandu Press

विमानस्थलमा सञ्चालित सटल बस सेवाले यात्रुलाई सहज

काठमाडाैं, पुस २१ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चालन गरिएको निःशुल्क सटल बस सेवाले यात्रुलाई निकै सहज भएको छ।विमानस्थलमा रहेका कतिपय ट्याक्सी चालकले मिटरमा...
विमानस्थलमा सञ्चालित सटल बस सेवाले यात्रुलाई सहज

काठमाडाैं, पुस २१ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चालन गरिएको निःशुल्क सटल बस सेवाले यात्रुलाई निकै सहज भएको छ।

विमानस्थलमा रहेका कतिपय ट्याक्सी चालकले मिटरमा जान नमान्ने तथा भाडा महँगो लिएर यात्रुलाई दुःख दिएको गुनासो बढेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले तीन माइक्रो बसलाई सटल बसका रुपमा सञ्चालनमा ल्याएको थियो।

ती बसहरुले धामाधम सेवा दिन थालेपछि यात्रुलाई अहिले निकै सहज तथा राहत भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक भोलाप्रसाद गुरागाइँले जानकारी दिए।

उनले भने, ‘सटल बस सेवाले यात्रुलाई निकै राहत भएको छ, विमननस्थलमा आएका यात्रुहरुलाई गाडी पाउनै मुस्किल पर्ने समस्या हटेको छ।’ उनका अनुसार  सटल बसहरुले दैनिक रुपमा बिहानदेखि बेलुकीसम्म आफ्नो सेवा दिन थालेपछि ट्याक्सी चालकको झन्झटबाट यात्रुहरुले मुक्ति पाएका छन्।

बस सेवाले विमानस्थलदेखि गोल्डेन गेट र गोल्डेनदेखि विमानस्थलसम्म निःशुल्क सेवा दिँदै आएपछि त्यहाँ यात्रा गर्ने सयौं यात्रुलाई सहज भएको छ। सो सेवा सुरु भएपछि यात्रुका सरसामानदेखि अन्य कुराहरु गोल्डेन गेटसम्म लैजान र विमानस्थलसम्म पु¥याउन सहज भएको हुँदा यात्रुहरु खुसी भएका विमानस्थलका कर्मचारी यज्ञराज भट्टले बताए।

उनले भने, ‘सटल बस सेवा सुरु भएपछि यात्रुलाई यात्रा गर्न सहज भएको छ, उक्त कामको यात्रुले खुलेर प्रशंसा गरिरहेका छन्। विमानस्थलले वैदेशिक रोजगारका लागि विभिन्न मुलुक जाने श्रमिकहरूका लागि अन्तर्राष्ट्रिय टर्मिनल भवनमा विश्राम घर पनि सञ्चालनमा ल्याइएको छ।

विश्रामस्थलमा तातो चिसो पानी, टेलिफोन, टिभी, मोबाइल चार्ज, फ्लाइट डिस्प्ले, वाइफाई र मन्त्रालय÷विमानस्थलको हटलाइन नम्बर राखिएको छ। वैदेशिक रोजगारमा जाने यात्रुहरूलाई कुनै समस्या परे उक्त हटलाइनमा फोन गर्न सक्ने व्यवस्था मिलाइएको छ।

हाल कुल २५ क्षमता भएको उक्त विश्रामस्थल निकट भविष्यमा ३ सयजना अटाउने क्षमताको बनाइने बताइएको छ।

प्रकाशित मिति: १२:१० बजे, बुधबार, पुस २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्