तनहुँमा १ लाख ३५ हजारलाई कोरोना खोप
तनहुँ, पुस २० : तनहुँमा हालसम्म एक लाख ३५ हजार ८२७ जनाले कोरोनाविरुद्धको खोप लगाइएको छन्। एक लाख ९५ हजार २९६ जनाले पहिलो मात्रको...
तनहुँ, पुस २० : तनहुँमा हालसम्म एक लाख ३५ हजार ८२७ जनाले कोरोनाविरुद्धको खोप लगाइएको छन्। एक लाख ९५ हजार २९६ जनाले पहिलो मात्रको खोप लगाइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ।
१० पालिकामध्ये सातवटा पालिकामा कोरोनामुक्त भएका कार्यालयका सूचना अधिकारी शंकरबाबु अधिकारीले जानकारी दिए। कोरोनामुक्त हुने एक नगरपालिका र ६ गाउँपालिका छन्।
भिमाद नगरपालिका, देवघाट, आँबुखैरेनी , म्याग्दे, घिरिङ र ऋषिङ गाउँपालिका कोरोनामुक्त भएको हुन्। व्यास नगरपालिकामा तीन र भानु र शुक्लागण्डकीमा एकएकजना गरी पाँचजना सक्रिय कोरोना सङ्क्रमित रहेको स्वास्थ्य कार्यालयका प्रमुख रामबहादुर नेपालीले जानकारी दिए।
जिल्लामा वैशाखदेखि हालसम्म १ सय २९ जनाको कोरोनाका कारण मृत्यु भएको छ।
प्रकाशित मिति: १२:०६ बजे, बुधबार, पुस २१, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












