Kathmandu Press

६०० रुपैयाँले उकालो लाग्यो सुनको मूल्य

काठमाडौं, पुस २१ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. ६०० ले उकालो लागेको छ । अधिल्लो दिन प्रतितोला रु ९२ हजार २००...
६०० रुपैयाँले उकालो लाग्यो सुनको मूल्य

काठमाडौं, पुस २१ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. ६०० ले उकालो लागेको छ । 

अधिल्लो दिन प्रतितोला रु ९२ हजार २०० मा कारोबार भएको पहेंलो धातुको मूल्य आज प्रतितोला रु. ९२ हजार ८०० तोकिएको छ । 
    
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु. ९२ हजार ३०० कायम गरिएको छ। मंगलबार यसको मूल्य प्रतितोला ९१ हजार ७०० रहेको थियो। 

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु. १० ले बढेर रु एक हजार २६० पुगेको महासंघले जनाएको छ। 

महासंघले अन्तरराष्ट्रिय बजारमा हुने सुनचाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १ हजार ८ सय १५ डलर आसपास कारोबार भइरहेको छ।

प्रकाशित मिति: १२:०१ बजे, बुधबार, पुस २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्