Kathmandu Press

शीतलहर कारणका मधेसमा जाडो बढ्यो

जलेश्वर, पुस २१ : महोत्तरीलगायत तराईका जिल्लामा शीतलहर कारण जनजीवन प्रभावित भएको छ। लगातारको शीतलहर, हुस्सु र बाक्लो कुहिरोले जनजीवन सहित पशुपक्षी तथा बालीनालीसमेत...
शीतलहर कारणका मधेसमा जाडो बढ्यो

जलेश्वर, पुस २१ : महोत्तरीलगायत तराईका जिल्लामा शीतलहर कारण जनजीवन प्रभावित भएको छ। लगातारको शीतलहर, हुस्सु र बाक्लो कुहिरोले जनजीवन सहित पशुपक्षी तथा बालीनालीसमेत प्रभावित भएको छ।

चिसोकै कारण अहिले जिल्ला सदरमुकाम जलेश्वरसहित जिल्लाको सहरी तथा ग्रामीण भेगमा आवतजावतमा कमी आएको जनाइएको छ।  
        
जिल्लाको विभिन्न बजारमा बाक्लो ऊनी कपडाहरुको बिक्रीमा बढोत्तरी भएको छ भने चिसोकै कारण जिल्लाको हाट बजारहरुमा मानिसहरुको उपस्थिति न्यून छ। चिसोकै कारण जिल्लाको स्वास्थ्य केन्द्रहरुलगायत जिल्ला अस्पतालमा विभिन्न किसिमका बिरामीका सङ्ख्यामा वृद्धि भएको चिकित्सक बताउँछन्।

लगातार बढ्दै गएको जाडोबाट सबैभन्दा बढी बालबालिका, वृद्धवृद्धा र सुत्केरी बढी प्रभावित भएका छन्। साथै आर्थिक रुपले कमजोर व्यक्तिहरु समेत बढ्दै गएको जाडोको प्रत्यक्ष मारमा परेका छन्।

चिसोको कारण बालबालिका, वृद्धवृद्धा र सुत्केरीमा रुघा, ज्वरो, दम, हातगोडा सुनिने, दुख्ने लगायतका समस्या देखिएको स्वास्थ्यकर्मीहरु बताउँछन्। दश नगरपालिका र पाँच गाउँपालिका रहेको महोत्तरीको विभिन्न गाउँ बस्तीमा जाडोबाट बच्नका लागि ठाउँठाउँमा स्थानीयवासीले आगो बालेर ताप्ने गरेको देखिन्छ।
    
यसैबीच, जाडोकै कारण ग्रामीण भेगमा वस्तुभाउलाई पनि समस्या भइरहेको तथा किसानहरु पनि दलहन, तेलहन र तरकारी बालीमा प्रतिकूल असर परिरहेकामा चिन्तित भएका छन्। जिल्लामा जाडो बढेको करिब तीन साता हुन लाग्दा पनि स्थानीय पालिकाद्वारा हालसम्म जाडोबाट बचाउनका लागि सहयोग गरेका छैनन्।

विभिन्न सङ्घसंस्था, जिल्लाको दैवी प्रकोप व्यवस्थापन समिति, नेपाल रेडक्रस लगायतले आआफ्नो पूर्वतयारी थालेका थिए।

गत वर्ष जाडो सुरु हुनासाथ प्रभावित गाउँबस्तीमा न्यानो बाँड्ने काम गरे पनि पनि यस वर्ष अहिलेसम्म कसैको कुनै पहल नदेखिएको जनगुनासो छ। गत वर्ष जिल्लामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीले जाडो याममा सदरमुकाम जलेश्वरसहित जिल्लाको विभिन्न बस्तीमा दाउरा वितरण गरे।

प्रकाशित मिति: ११:४८ बजे, बुधबार, पुस २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्