सबै मन्त्रालयका सचिवसँग छलफल गर्दै प्रधानमन्त्री देउवा
काठमाडौं, पुस २१ : प्रधानमन्त्री शेरबहादुर देउवाले सबै मन्त्रालयका सचिवसँग छलफल गर्दैछन्। सिंहदरबारमा अपराह्न ३ बजे मन्त्रालयका सचिवहरुसँग छलफल गर्न लागेका हुन्। अर्थतन्त्रको पछिल्लो अवस्था,...
काठमाडौं, पुस २१ : प्रधानमन्त्री शेरबहादुर देउवाले सबै मन्त्रालयका सचिवसँग छलफल गर्दैछन्। सिंहदरबारमा अपराह्न ३ बजे मन्त्रालयका सचिवहरुसँग छलफल गर्न लागेका हुन्।
अर्थतन्त्रको पछिल्लो अवस्था, पुँजीगत खर्चको अवस्था र सार्वजनिक सेवाका विषयमा सबै मन्त्रालयका सचिवहरुसँग छलफल गर्न लागिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
गठबन्धन सरकारको साझा न्यूनतम कार्यक्रम, राष्ट्रिय गौरवका आयोजनाका काम, अन्तर मन्त्रालय समन्वय लगायतका विषयमा पनि छलफल हुने बताइएको छ ।
प्रकाशित मिति: ११:४० बजे, बुधबार, पुस २१, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











