Kathmandu Press

चार्ल्स शोभराजको मुद्दा वमकुमार श्रेष्ठ र नहकुल सुवेदीको इजलासमा 

काठमाडौं, पुस २१ : फ्रेञ्च सिरियल किलर चार्ल्स शोभराजको मुद्दामा आज सुनुवाई हुँदैछ। सर्वोच्च अदालतमा शोभराजले दिएको बन्दी प्रत्यक्षीकरणको निवेदनमा आज सुनुवाई हुन लागेको...
चार्ल्स शोभराजको मुद्दा वमकुमार श्रेष्ठ र नहकुल सुवेदीको इजलासमा 

काठमाडौं, पुस २१ : फ्रेञ्च सिरियल किलर चार्ल्स शोभराजको मुद्दामा आज सुनुवाई हुँदैछ। सर्वोच्च अदालतमा शोभराजले दिएको बन्दी प्रत्यक्षीकरणको निवेदनमा आज सुनुवाई हुन लागेको हो। 

शोभराजको मुद्दा न्यायाधीद्वय वमकुमार श्रेष्ठ र नहकुल सुवेदीको संयुक्त इजलासमा परेको छ। शोभराजले पुस ७ गते उमेरको आधारमा कैद छुटको माग गर्दै रिट निवेदन दिएका थिए । 

यसअघि अनिलकुमार सिन्हाको एकल इजलासले सो रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको थियो ।

७० वर्ष उमेर पुगेका कैदीबन्दीलाई असल चालचलन भएमा ७५ प्रतिशतसम्म कैद छुट दिन सकिने कानुनी व्यवस्था छ । शोभराजले नेपालीमात्र नभई विदेशी नागरिकको हकमा पनि लागू हुनुपर्ने माग गरेका छन् ।

उनलाई शृङ्खलावद्ध हत्यामा जन्मकैदको सजाय भएको थियो । उनी कारागार कार्यालय जगन्नाथदेवलमा थुनामा छन्। 

प्रकाशित मिति: ११:३६ बजे, बुधबार, पुस २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्