कांग्रेसको १६ जिल्लाको अधिवेशन सर्याे, अब कहिले हुने ?
राष्ट्रिय सभा निर्वाचनमा जुट्नु पर्ने भएका कारण पूर्वनिर्धारित मितिमा जिल्ला अधिवेशन गर्न नसकिने कारण देखाउँदै अधिवेशनको मिति सारिएको हो।
काठमाडौं, पुस २१ : नेपाली कांग्रेसको अधिवेशन हुन बाँकी १६ जिल्लाको अधिवेशन मिति सरेको छ। यसअघि पुस २७ गतेका लागि तय भएका जिल्लाहरुको अधिवेशन माघ १५ गते हुने भएको छ।
आन्तरिक विवादका कारण अधिवेशन हुन नसकेपछि बाँकी रहेका जिल्लाहरुमा महाधिवेशन सकाएर अधिवेशन गर्ने कांग्रेसको तयारी थियो। तर, राष्ट्रिय सभा निर्वाचनमा जुट्नु पर्ने भएका कारण पूर्वनिर्धारित मितिमा जिल्ला अधिवेशन गर्न नसकिने कारण देखाउँदै अधिवेशनको मिति सारिएको हो।
कांंग्रेस निर्वाचन समितिका सचिव केशव रिजालले बुधबार विज्ञप्ति जारी गर्दै बाँकी जिल्लाहरुको अधिवेशन माघ १५ गते गरिने जानकारी दिएका छन्।
काँग्रेसको अधिवेशन हुन बाँकी जिल्लामा सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपुरलगायत जिल्ला रहेका छन् । त्यसमध्ये सिरहा र महोत्तरीमा विवाद रहेको छ ।











