स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि अत्यावश्यकबाहेकका सेवा बन्द
पाल्पा, पुस २१ : जिल्ला अस्पताल, पाल्पामा अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको छ।अस्पतालमा कार्यरत कर्मचारीलाई कोरोना भाइरसको सङ्क्रमण भएपछि अत्यावश्यकबाहेकको सेवा बन्द भएको हो।...
पाल्पा, पुस २१ : जिल्ला अस्पताल, पाल्पामा अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको छ।
अस्पतालमा कार्यरत कर्मचारीलाई कोरोना भाइरसको सङ्क्रमण भएपछि अत्यावश्यकबाहेकको सेवा बन्द भएको हो। निमित्त मेडिलकल सुपरिटेन्डेन्टसहित १० कर्मचारीको पिसीआर परीक्षण गर्दा नौ जनामा कोरोना सङ्क्रमण देखिएको अस्पताल विकास समितिका अध्यक्ष नेत्रप्रसाद पाण्डेयले जानकारी दिए।
अस्पतालले सूचना जारी गर्दै सुत्केरी सेवा, ल्याब, सुरक्षित गर्भपतन र सिफारिसबाहेकका सेवा पूर्णरूपमा बन्द गरिएको जनाएको छ।
मेसुसहित ६ मेडिकल अधिकृत, एक डेन्टल सर्जन, एक पारामेडिक्स र एक ल्याब टेक्निसियनमा कोरोना पुष्टि भएको छ। उनीहरु सबै आइसोलेशन बस्नुपरेकाले सेवा बन्द गरिएको पाण्डेयले बताए। जिल्लामा पछिल्लो समय कोरोना सङ्क्रमण बढ्दै गएको छ।
प्रकाशित मिति: ०७:१९ बजे, बुधबार, पुस २१, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











