Kathmandu Press

सरकार र आन्दोलनरत पक्षबीच सहमति, आन्दोलन र अनसन स्थगित 

काठमाडौं, पुस २० : नेपालगञ्जका नन्कुन्नी धोबी र निर्मला कुर्मीको न्याय माग्दै माइतीघरमा धर्नामा बसेकाहरु र सरकारबीच सहमति जुटेपछि अनसन तोडेका छन् । नेपालगञ्जको...
सरकार र आन्दोलनरत पक्षबीच सहमति, आन्दोलन र अनसन स्थगित 

काठमाडौं, पुस २० : नेपालगञ्जका नन्कुन्नी धोबी र निर्मला कुर्मीको न्याय माग्दै माइतीघरमा धर्नामा बसेकाहरु र सरकारबीच सहमति जुटेपछि अनसन तोडेका छन् । 

नेपालगञ्जको परस्पुरकी निर्मला कुर्मीको अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यानसम्बन्धी कसुरमा गहिरो अनुसन्धान गरी संलग्न सबैलाई पक्राउ गर्न माग गर्दै आन्दोलनरत १४ महिलाको नेतृत्व गर्दै आएकी रूबी खानले आजैदेखि थालेको आमरण अनसन तोडेकी हुन् । सरकारले माग पूरा गर्ने सहमति जनाएपछि उनको अनसनसँगै ४२ दिनदेखि माइतीघरमा दिँदै आएको धर्नासमेत स्थगित भएको छ । 

सरकारले उनको माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि खानले डाक्टर गोविन्द केसीको हातबाट जुस पिएर आमरण अनसन तोडेकी हुन्। उनले तीन वटा माग राखेर आमरण अनसन थालेको बताएकी छन्।  

निर्मला कुर्मीको अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यानसम्बन्धी मुद्दामा अनुसन्धान गर्न सिआइबीको टोली पठाउन, उक्त विषयमा सहसचिव हिरालाल रेग्मीको संयोजकत्वमा बनेको समितिले दिएको प्रतिवेदन सर्वजनिक गरी कार्यान्वयन गर्न र निर्मला कुर्मीको न्यायका लागि माइतीघरमा आन्दोलनरत महिला अधिकारकर्मीको शान्ति सुरक्षा गर्नुपर्ने उनको माग छ। 

तेलीका अनुसार सरकारले यी तिनै माग पूरा गर्ने भएको हो। घरेलु हिंसामा परेकी नन्कुन्नी धोबी र बेपत्ता भएकी निर्मला कुर्मीको न्यायका लागि दबाव दिन अधिकारकर्मीहरु नेपालगञ्जबाट २० दिन पैदलयात्रा गरेर काठमाडौं आएका थिए ।
 

प्रकाशित मिति: २०:३५ बजे, मंगलबार, पुस २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्