Kathmandu Press

सुडानी राष्ट्रपतिको कार्यालय भवन नजिकै प्रदर्शन, भीड नियन्त्रणका लागि प्रहरीद्वारा अश्रुग्यास प्रहार

सुडान, पुस २० : सुडानमा सैनिक सहयोगमा सञ्चालित सरकारको विरोध गर्ने क्रममा मङ्गलबार ठूलो सङ्ख्यामा भेला भएका नागरिकले राष्ट्रपति भवनबाहिर प्रदर्शन गरेका छन्।सुडानका...
सुडानी राष्ट्रपतिको कार्यालय भवन नजिकै प्रदर्शन, भीड नियन्त्रणका लागि प्रहरीद्वारा अश्रुग्यास प्रहार

सुडान, पुस २० : सुडानमा सैनिक सहयोगमा सञ्चालित सरकारको विरोध गर्ने क्रममा मङ्गलबार ठूलो सङ्ख्यामा भेला भएका नागरिकले राष्ट्रपति भवनबाहिर प्रदर्शन गरेका छन्।

सुडानका नागरिक प्रधानमन्त्री अब्दल्ला हमडोकले राजीनामा दिएको दुई दिनपछि विरोध प्रदर्शनमा सहभागीहरूले सेना र राष्ट्रपतिविरुद्ध नारा लगाएका थिए।  

Hardik ivf

सुडानी सुरक्षा फौजले मङ्गलबार राष्ट्रपति भवनबाहिर भेला भएका सैनिक विद्रोह विरोधी प्रदर्शनकारीमाथि अश्रु ग्यास प्रहार गरेको प्रत्यक्षदर्शी स्थानीयले बताएका छन्।

अक्टोबर २५ मा भएको सैनिक विद्रोह (कू) को नेतृत्व गर्ने सैनाविरुद्ध नाराहरू लगाउँदै सुडानका घनाबस्ती भएका ग्रामिण तथा शहरी इलाकामा प्रजातन्त्रको पक्षधर नागरिकहरूले दैनिक विरोध प्रदर्शन गर्ने गरेका छन्। ‘कू’ को विरोधमा उत्रिने नागरिकको सङ्ख्या सुरूसुरूमा नगन्य देखिने गरेको भएपनि पछिल्ला दिनहरूमा हजारौंको सङ्ख्या देखिने गरेको छ।

प्रकाशित मिति: २०:३३ बजे, मंगलबार, पुस २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्