Kathmandu Press

दिल्लीमा कोभिड सङ्क्रमण दर ८.३७ प्रतिशत

नयाँ दिल्ली, पुस २० : दिल्लीमा मङ्गलबार पनि कोभिड–१९ सङ्क्रमणको बढ्दो तथ्याङ्कले राज्य सरकारलाई चिन्तित पारेको छ।पछिल्लो २४ घण्टामा दिल्लीमा नयाँ सङ्क्रमितको सङ्ख्या...
दिल्लीमा कोभिड सङ्क्रमण दर ८.३७ प्रतिशत

नयाँ दिल्ली, पुस २० : दिल्लीमा मङ्गलबार पनि कोभिड–१९ सङ्क्रमणको बढ्दो तथ्याङ्कले राज्य सरकारलाई चिन्तित पारेको छ।

पछिल्लो २४ घण्टामा दिल्लीमा नयाँ सङ्क्रमितको सङ्ख्या पाँच हजार ४८१ पुगेको र यसका कारण सङ्क्रमण दर ८.३७ प्रतिशतमा पुगेको छ। यो सात महिनाको अवधिमा सबैभन्दा बढी भएको संघीय मन्त्रालयद्वारा मङ्गलबार जारी तथ्याङ्कमा उल्लेख छ।

दिल्लीमा सबैभन्दा बढी सङ्क्रमण दर मे १७ मा ८.४१ प्रतिशतले रेकर्ड गरिएको थियो। सोमबार दिल्ली राज्य सरकारले चार हजार ९९ नयाँ सङ्क्रमित व्यक्ति भेटिएको र सङ्क्रमण दर ६.४६ प्रतिशत रहेको जनाएको थियो।

कोरोनाभाइरस सङ्क्रमितहरूको वृद्धिसँगै यस शहरमा सक्रिय सङ्क्रमितको सङ्ख्या पनि १४ हजार ८८९ पुगेको छ। यो पछिल्लो सात महिनाको समय अर्थात् मे २७ पछिको सबैभन्दा उच्च हो। मे २७ मा १६ हजार ३७८ व्यक्ति कोभिडबाट सक्रिय सङ्क्रमित थिए।

दिल्ली स्वास्थ्य विभागको बुलेटिनमा जनाइएअनुसार दिल्लीमा आठ हजार ५९३ सक्रिय सङ्क्रमित सावधानीसाथ घरमै छुट्टै बसेका छन् भने दिल्ली महानगरभरि कूल सङ्क्रमितको सङ्ख्या १४ लाख ६३ हजार ७०१ पुगेको छ।

पछिल्लो २४ घण्टामा दिल्लीमा कूल ६५ हजार ४८७ जनाको परीक्षण गरिएको थियो भने गत २४ घण्टामा एक हजार ५७५ जना निको भएका थिए। दिल्लीमा कोभिडका कारण पछिल्लो २४ घण्टामा तीन जनाको मृत्यु भएको र अहिलेसम्म २५ हजार ११३ जना कोभिड सङ्क्रमित भई ज्यान गुमाएका छन्।

प्रकाशित मिति: २०:३१ बजे, मंगलबार, पुस २०, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्