सुदूरपश्चिममा दैनिक बढ्दै कोरोना सङ्क्रमण, आज ४० मा सङ्क्रमण
सुदूरपश्चिम, पुस २० : सुदूरपश्चिम प्रदेशमा दैनिकरुपमा कोरोना भाइरस सङ्क्रमण बढ्दै गएको छ। हप्ताको तेस्रो दिन आज एकैदिन ४० मा सङ्क्रमण पुष्टि भएको...सुदूरपश्चिम, पुस २० : सुदूरपश्चिम प्रदेशमा दैनिकरुपमा कोरोना भाइरस सङ्क्रमण बढ्दै गएको छ। हप्ताको तेस्रो दिन आज एकैदिन ४० मा सङ्क्रमण पुष्टि भएको छ। सोमबार यस प्रदेशमा २८ र आइतबार पाँचमा सङ्क्रमण देखिएको थियो।
गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन विधिबाट ९७२ को नमूना परीक्षण गर्दा ४० मा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ। पीसीआरमार्फत आठ र एन्टीजेनमार्फत ३२ मा पुष्टि भएको हो। पीसीआरमार्फत महाकाली अस्पतालमा छ र सेती प्रादेशिक अस्पतालमा दुई र एन्टीजेनमार्फत कञ्चनपुरका नौ र कैलालीका २३ जनामा सङ्क्रमण पुष्टि भएको छ।
यस्तै गएको २४ घण्टामा प्रदेशभर चार जना निको भएका छन्। उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको पनि मृत्यु भएको छैन। सुदूरपश्चिममा सङ्क्रमणका कारण हालसम्म ६१४ को ज्यान गइसकेको छ।
प्रकाशित मिति: २०:२९ बजे, मंगलबार, पुस २०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पोखरामा सामुदायिक विद्यालय पढाउने अभिभावकको निःशुल्क स्वास्थ्य बिमाशुक्रबार, मंसिर ७, २०८१
झापाबाट एघार करोडको चिया निर्यातशुक्रबार, मंसिर ७, २०८१
जटिल रोग लागेका बिरामीलाई लुम्बिनी प्रदेशको दुई लाख सहयोगशुक्रबार, मंसिर ७, २०८१
अर्जुनचौपारी गाउँपालिकाद्धारा स्याङ्जाका तीन यु–१९ महिला क्रिकेटरलाई सम्मान बिहीबार, मंसिर ६, २०८१