Kathmandu Press

नारायणहिटी संग्रहालयभित्र रेस्टुरेण्ट निर्माण कार्य तत्काल रोक्न  निर्देशन

काठमाडौं,  पुस २० : नारायणहिटी दरबार संग्रहालयभित्र रेस्टुरेण्ट निर्माण गर्ने कार्य तत्काललाई रोकिने भएको छ। संग्रहालयभित्र हाल भइरहेको रेस्टुरेण्ट निर्माण कार्य तत्कालका लागि रोक्न...
नारायणहिटी संग्रहालयभित्र रेस्टुरेण्ट निर्माण कार्य तत्काल रोक्न  निर्देशन

काठमाडौं,  पुस २० : नारायणहिटी दरबार संग्रहालयभित्र रेस्टुरेण्ट निर्माण गर्ने कार्य तत्काललाई रोकिने भएको छ। 

संग्रहालयभित्र हाल भइरहेको रेस्टुरेण्ट निर्माण कार्य तत्कालका लागि रोक्न सरकारले निर्देशन दिएको हो। विकास समितिले सञ्चारमाध्यमहरूमा आएका समाचारका कारण विवाद भएकाले मन्त्रालयको निर्देशनअनुसार निर्माण कार्य रोक्न भनेको हो । 

‘यस नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समिति र त्यस प्रालि बीच सम्झौता भई अगाडि बढेको निर्माण कार्यका सम्बन्धमा सञ्चारमाध्यमहरूमा आएका समाचारका विवाद सिर्जना हुन गएकोले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मौखिक आदेशबमोजिम अर्को आदेश नभएसम्मका लागि निर्माण कार्य तत्काल रोक्न हुन जानकारी गराइन्छ,’ पत्रमा उल्लेख छ । 

यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले दरबार संग्रहालय परिसरमा भइरहेको रेस्टुरेन्ट निर्माण कार्य तत्काल रोक्न र त्यससँग सम्बन्धित कागजात मन्त्रालयमा बुझाउन निर्देशन दिएका थिए  ।

प्रकाशित मिति: १९:३४ बजे, मंगलबार, पुस २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्