Kathmandu Press

खाडी राज्यहरूसँगको सम्बन्धमा आँच आउन नदिइने : लेबनान

लेबनान, पुस २० : लेबनानले खाडी राज्यहरूसँगको सम्बन्धमा समस्या आउन नदिने राष्ट्रपति मिशेल आओनले मङ्गलबार प्रतिवद्धता जनाएका छन।उनले खाडी क्षेत्र र खास गरी...
खाडी राज्यहरूसँगको सम्बन्धमा आँच आउन नदिइने : लेबनान

लेबनान, पुस २० : लेबनानले खाडी राज्यहरूसँगको सम्बन्धमा समस्या आउन नदिने राष्ट्रपति मिशेल आओनले मङ्गलबार प्रतिवद्धता जनाएका छन।

उनले खाडी क्षेत्र र खास गरी साउदी अरबसँगको सम्बन्धलाई सुमधुर राखिराख्ने बताएका हुन।

Hardik ivf

'हामी अरब देशहरू र अन्तरराष्ट्रिय समुदायसँगको सम्बन्धलाई समधुर बनाइराख्न तत्परताका साथ काम गर्नेछौँ,' लेबनानको राष्ट्रपतिको कार्यालयले राष्ट्रपतिको नाममा जारी वक्तव्यमा भनिएको छ।

'यो लेबनानको आधिकारिक अडान हो। लेबनान तथा खाडी मुलुक सबैैका आपसी हितमा काम गर्न सबैले तत्परता देखाउनु आजको आवश्यकता हो।'

हेजबुल्ला नेता हसन नस्रल्लाले साउदी अरबलाई सिरियामा इस्लामिक स्टेट (आइएस) लाई समर्थन गरेको र हजारौं लेबनानीबन्दीहरूलाई खाडीमा राखेको आरोप लगाएपछि राष्ट्रिय धारणा अपरिवर्तित रहेको भन्दै आउनको यो भनाइ आएको हो।

प्रकाशित मिति: १९:१५ बजे, मंगलबार, पुस २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्