Kathmandu Press

बेइजिङमा धूम्रपान गर्नेको सङ्ख्यामा क्रमशः कमी

बेइजिङ, पुस २० : चीनको राजधानी बेइजिङमा १५ वर्ष र सोभन्दा माथिका व्यक्तिमा धूमपान दर १९.९ प्रतिशतमा झरेको छ।मङ्गलबार सार्वजनिक नगर स्वास्थ्य आयोगको...
बेइजिङमा धूम्रपान गर्नेको सङ्ख्यामा क्रमशः कमी

बेइजिङ, पुस २० : चीनको राजधानी बेइजिङमा १५ वर्ष र सोभन्दा माथिका व्यक्तिमा धूमपान दर १९.९ प्रतिशतमा झरेको छ।

मङ्गलबार सार्वजनिक नगर स्वास्थ्य आयोगको तथ्याङ्क अनुसार सन् २०१९ को तुलनामा यस उमेर समूहमा धूम्रपान गर्नेहरूको सङ्ख्या ७३ हजारले घटेको छ।

दोस्रो व्यक्तिले गरेको धुम्रपानका कारण हुने जोखिम कार्यस्थलमा २७ प्रतिशत तथा रेष्टुरेन्टहरूमा ४२.५ प्रतिशत रहेकोमा यसमा सन् २०२१ सम्ममा कमी आई क्रमशः २३.४ प्रतिशत र ३७.३ प्रतिशत कायम भएको तथ्याङ्कमा उल्लेख छ।  

धूम्रपानले जनस्वास्थ्यमा पार्ने हानीकारक प्रभावलाई कम गर्न चीन सरकारले सुर्तीजन्य पदार्थ नियन्त्रणलाई विशेष ध्यान दिएको पाइन्छ।

बेइजिङले सन् २०१५ को जुन १ देखि सार्वजनिक स्थलमा धूम्रपान निषेध गरेको छ। सुर्तीजन्य पदार्थ नियन्त्रणसम्बन्धी नियम लागू भएपछि बेइजिङले सार्वजनिक स्थलमा धूम्रपान निषेध गरेको हो।

प्रकाशित मिति: १९:११ बजे, मंगलबार, पुस २०, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्