Kathmandu Press

सुदूरपश्चिमबाट छको उम्मेदवारी दर्ता

सुदूरपश्चिम, पुस २० : सुदूरपश्चिम प्रदेशबाट रिक्त हुन लागेको तीन राष्ट्रियसभा सदस्य पदको निर्वाचनका लागि आज छ जनाले उम्मेदवारीको मनोनयन दर्ता गरेका छन।...
सुदूरपश्चिमबाट छको उम्मेदवारी दर्ता

सुदूरपश्चिम, पुस २० : सुदूरपश्चिम प्रदेशबाट रिक्त हुन लागेको तीन राष्ट्रियसभा सदस्य पदको निर्वाचनका लागि आज छ जनाले उम्मेदवारीको मनोनयन दर्ता गरेका छन। धनगढीस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नेकपा एमालेका उम्मेदवारले मनोनयन पत्र दर्ता गराएका हुन। खुल्लातर्फको एक सिटमा कांग्रेसबाट कैलालीका नारायणदत्त मिश्र र एमालेबाट डोटीका डिल्लीराज भट्टले उम्मेदवारी दर्ता गराएकाे निर्वाचन अधिकृतको कार्यालयका प्रेमराज भट्टले बताए।

यसैगरी महिलातर्फको एक सिटमा एमालेबाट कैलालीकी सन्तोषकुमारी शर्मा थापा र नेकपा एकीकृत समाजवादीबाट कैलालीकै मदनकुमारी (गरिमा) शाहले उम्मेदवारी दर्ता गराएका छन। दलिततर्फको एक सिटमा एमालेबाट बैतडीका नरेश विक र नेकपा माओवादी केन्द्रबाट डडेल्धुराका जगत पार्कीले उम्मेदवारी दर्ता गराएका छन्।

Hardik ivf

 नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका नेता कार्यकर्ताले संयुक्तरूपमा निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका थिए। आगामी माघ १२ गते हुने निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा तीन जना सदस्यको निर्वाचन हुन लागेको हो। सुदूरपश्चिम प्रदेशबाट राष्ट्रियसभामा प्रतिनिधित्व गर्नु हुने नेपाली कांग्रेसका तरादेवी भट्ट, नेकपा एकीकृत समाजवादीका शेरबहादुर कुँवर र नेकपा एमालेका चक्र स्नेहीको कार्यकाल आउने फागुनमा सकिँदै छ।

प्रदेशमा यो निर्वाचनका लागि प्रदेशसभा सदस्य ५२ र ८८ पालिका प्रमुख÷उपप्रमुख १७५ गरी २२७ मतदाता रहेका छन्। प्रदेशसभामा नेकपा एकीकृत समाजवादीका १४, नेकपा माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १२, नेकपा एमालेका ११, राष्ट्रिय जनता पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका एक/एक सदस्य रहेका छन्।

माओवादी केन्द्र परित्याग गरी एमालेमा प्रवेश गर्नुभएका प्रदेशसभा सदस्य झपटबहादुर बोहराको पद रिक्त छ। यस्तै कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष नवलसिंह रावलको निधन भएकाले यो पद पनि रिक्त छ। रावल नेकपा एमालेबाट निर्वाचित भएका थिए। प्रदेशसभा सदस्यको मतभार ४८ र पालिका प्रमुख/उप प्रमुखको मत भार १८ रहेको छ।

प्रकाशित मिति: १९:०१ बजे, मंगलबार, पुस २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्