Kathmandu Press

लुम्बिनीमा राष्ट्रियसभा सदस्य निर्वाचनका लागि छ जनाको उम्मेदवारी दर्ता

रूपन्देही, पुस २० : आगामी माघ १२ गते हुन लागेको राष्ट्रियसभा सदस्यका लागि लुम्बिनी प्रदेशबाट छ जनाको उम्मेदवारी दर्ता भएको छ। आज बिहान...
लुम्बिनीमा राष्ट्रियसभा सदस्य निर्वाचनका लागि छ जनाको उम्मेदवारी दर्ता

रूपन्देही, पुस २० : आगामी माघ १२ गते हुन लागेको राष्ट्रियसभा सदस्यका लागि लुम्बिनी प्रदेशबाट छ जनाको उम्मेदवारी दर्ता भएको छ। आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म जिल्ला अदालत घोराहीमा मनोनयनका लागि स्थान र समय तोकिएको थियो।

सत्तारूढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसबाट बाँकेका युवराज शर्माले उम्मेदवारी दर्ता गराउनुभएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए। त्यसैगरी नेकपा (एकीकृत समाजवादी)बाट  राजेन्द्रलक्ष्मी गैरेले उम्मेदवारी दर्ता गराएका छन। जनमोर्चाका तर्फबाट दलित उम्मेदवार तुलप्रसाद विश्वकर्माले उम्मेदवारी दर्ता गराएको अधिकृत थापाले जानकारी दिए।

Hardik ivf

नेकपा एमालेबाट लुम्बिनीमा खुलातर्फ दाङका रामदयाल गुप्ता, महिलातर्फ बाँकेकी भारती उपाध्याय र दलिततर्फ गुल्मीका कृष्ण सुनारले उम्मेदवारी दर्ता गराएका छन।

लुम्बिनीबाट तीन जनाको पदावधि सकिँदैछ। महिलामा कोमल वली, अन्यमा दुर्गनारायण पाण्डेय र दलितमा रामलखन चमारको स्थानमा पदपूर्ति गर्न निर्वाचन हुन लागेको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका निमित्त प्रमुख निमराज भट्टराईले जानकारी दिए। महिला, दलित तथा अन्य समुदायका लागि निर्वाचन हुन लागेको उनले बताए। लुम्बिनी प्रदेशको निर्वाचन घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदानस्थल तोकिएको छ।

निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र पालिका प्रमुख तथा उपप्रमुखको मतभार १८ हुनेछ। लुम्बिनी प्रदेशसभाका प्रदेशसभा सदस्य ८१ र १२ वटै जिल्लाका स्थानीय तहका प्रमुख उपप्रमुख गरी २१५ गरी २९६ मतदाताले मतदान गर्ने प्रदेश निर्वाचन कार्यालयले जनाएको छ। राष्ट्रियसभा निर्वाचन ऐनको दफा पाँचमा सरकारले बहालवाला सदस्यको पद रिक्त हुनुभन्दा ३५ दिनअघि नै निर्वाचन हुने गरी मिति तोक्नुपर्ने प्रावधान छ।

प्रकाशित मिति: १८:५८ बजे, मंगलबार, पुस २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्