Kathmandu Press

कोरोनाविरुद्धको अतिरिक्त खोप अभियान स्थगित

काठमाडौं, पुस २०  : कोरोना भाइरसविरुद्धको अतिरिक्त खोप अभियान स्थगित भएको छ ।प्राविधिक लगायतका विभिन्न कारणले खोप अभियान स्थगित गर्नुपरेको स्वास्थ्य तथा जनसङ्ख्या...
कोरोनाविरुद्धको अतिरिक्त खोप अभियान स्थगित

काठमाडौं, पुस २०  : कोरोना भाइरसविरुद्धको अतिरिक्त खोप अभियान स्थगित भएको छ ।

प्राविधिक लगायतका विभिन्न कारणले खोप अभियान स्थगित गर्नुपरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले जानकारी दिएका छन् ।

आज मङ्गलवारदेखि खोप लगाउन सुरु गर्न भनेर हिजो सोमवार देशभरि नै पत्राचार गरिएकोमा कतिपय पालिकाले लगाउन सुरुसमेत गरिसकेका थिए । तर दिनभर आएको प्रतिक्रियाअनुसार कतिपय ठाउँमा एक मात्रासम्म नपाइएको अवस्थामा अतिरिक्त मात्रा लगाउँदा प्राविधिक रूपमा समेत नमिलेको जस्तो भएर माघसम्मका लागि अभियान स्थगित गरिएको उनले बताए ।

माघपछि कसरी लगाउने र के गर्ने भनेर फेरि छलफल गरेर मात्र निर्णय गरिने उनको भनाइ छ । अतिरिक्त मात्रा खोप अभियान रोकिए पनि कोरोनाको अरू नियमित खोप अभियान भने सञ्चालन भइरहने सहप्रवक्ता अधिकारीले बताए ।

अतिरिक्त मात्रा खोप मध्यम तथा गम्भीर रूपमा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति, सक्रिय क्यान्सर पीडित, अङ्ग प्रत्यारोपण गरेका बिरामी, एचआईभी भएका बिरामी र उपचारका क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधि प्रयोग गरिरहेका बिरामीहरूले पाउने भनिएको थियो ।

प्रकाशित मिति: १८:३६ बजे, मंगलबार, पुस २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्