Kathmandu Press

३३ किलो सुन तस्करीका नाइके ‘गोरे’ का भाई रमेश विमानस्थलबाट पक्राउ 

पक्राउ परेका रमेशलाई महानगरीय प्रहरी वृत्त गौशालामा ल्याइ राखिएको र भोलि नै मोरङ पठाउने तयारी भएको ती प्रहरी अधिकारीले जानकारी दिएका छन्। 
३३ किलो सुन तस्करीका नाइके ‘गोरे’ का भाई रमेश विमानस्थलबाट पक्राउ 

काठमाडौं, पुस २० : साढे ३३ किलो सुन तस्करीका मुख्य आरोपी चूडामणी उप्रेती ‘गोरे’ का भाई पक्राउ परेका छन्। 

मंगलबार एयर अरेबियाबाट त्रिभुवन विमानस्थल अवतरण गरेका रमेश उप्रेती विमानस्थलबाटै पक्राउ परेको महानगरीय अपराध महाशाखाका एक उच्च अधिकारीले काठमाडौं प्रेसलाई जानकारी दिएका छन्। 

३३ किलो सुन तस्करी प्रकरण सार्वजनिक भएपछि गोरेका भाई रमेश फरार थिए। उर्लाबारी नगरपालिका–७ मोरङका रमेश दुबई बस्दै आएको प्रहरीले जनाएको छ। 

पक्राउ परेका रमेशलाई महानगरीय प्रहरी वृत्त गौशालामा ल्याइ राखिएको र भोलि नै मोरङ पठाउने तयारी भएको ती प्रहरी अधिकारीले जानकारी दिएका छन्। 

यसअघि जिल्ला अदालत मोरङले साढे ३३ किलो सुन प्रकरणमा मुछिएका गोरे सहितलाई उन्मुक्ति दिएको थियो। गोरे सहित ७ जनालाई भने शनम शाक्य  हत्या प्रकरणमा जन्मकैदको फैसला सुनाएको थियो। फैसलापछि गोरे कारागार चलान भइसकेका छन्। 

सुन तस्करी प्रकरण मोरङ प्रहरीले अनुसन्धान गरिरहेका कारण गोरेका भाई रमेशलाई पनि मोरङ पठाउन लागिएको हो।्

प्रकाशित मिति: १७:५२ बजे, मंगलबार, पुस २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्