Kathmandu Press

सरकार शासक होइन सेवक हो : मन्त्री कार्की

विराटनगर, पुस २० : आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले सरकार शासक होइन जनताका सेवक भएर काम गर्नुपर्ने बताएका छन्। मन्त्रालयमा आज आयोजित...
सरकार शासक होइन सेवक हो : मन्त्री कार्की

विराटनगर, पुस २० : आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले सरकार शासक होइन जनताका सेवक भएर काम गर्नुपर्ने बताएका छन्। मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले जनतामा निराश बढ्न नदिन सरकारले आफ्नो दायित्व पारदर्शी ढङ्गले पूरा गर्नुपर्ने धारणा राखे । 

उनले आफू मन्त्रालय सम्हालेको आज ६४औँ दिनभएको बताउँदै ओमिक्रोन भाइरसबाट आम नागरिकलाई बचाउन सरकार चनाखो रहेको बताए। मन्त्री कार्कीले झापाको मेचीनगर नगरपालिकामा एक हजार शय्याको होल्डिङ सेन्टर छिट्टै सञ्चालनमा आउने जानकारी दिँदै प्रदेशको १४ वटै जिल्लाका सुरक्षा निकायसँग समन्वय गरेर शान्तिसुरक्षाको अवस्थालाई बलियो बनाउनेमा जोड दिए।

उनले आपराधिक घटनामा संलग्नलाई कानुनको दायराभित्र ल्याउने भन्दै निर्वाचनलाई लक्षित गरी अराजक गतिविधि गर्ने समूहको गतिविधिलाई निस्तेज पार्ने बताए । उनले प्रदेशको १३७ वटै पालिकामा स्वयम्सेवक समूह गठन गर्ने र यो समूहले विपद् व्यवस्थापन एवं लागूऔषधविरुद्ध अभियान पनि सञ्चालन गर्ने भन्दै विपद् व्यवस्थापनमा जनतालाई पनि जिम्मेवार बनाउने कार्यक्रम सञ्चालन गर्ने जानकारी दिए। 

मन्त्री कार्कीले प्रदेशका सबै कारागारको व्यवस्थापनमा सुधार ल्याउने र निर्माण भएको कानुनलाई अध्ययन गरी संशोधन गर्नुपर्ने भएमा संशोधन गर्ने भन्दै प्रदेशका कानुन अदालत र वारसम्म पु¥याउनु आवश्यकता देखिएको धारणा राखे।

उनले न्यायमा पहुँच नपुगेका नागरिकलाई सहायता गर्न प्रत्येक जिल्लामा सहायता कक्ष स्थापना गर्ने भन्दै सडक दुर्घटना कम गराउन सडक सुरक्षामा सरकार विशेष ध्यान दिने भने। उनले ट्राफिक सप्ताह होइन, ट्राफिक सदा नारा आवश्यक छ भन्दै उनले भने, ‘हाम्रो अभियान स्वभिमानी प्रदेश निर्माण।’
    
मन्त्री कार्कीले प्रदेशबाटै राजपत्र छाप्न मेशिन खरिद गर्ने प्रक्रिया अघि बढिसकेको छ भन्दै प्रदेशको प्रत्येक पालिकामा सरकारले एक हेलिप्याड बनाउने र कम्तीमा एउटा हेलिकप्टर सरकारसँग हुनुपर्ने आवश्यकता औंल्याए । उनले यस क्षेत्रमा हुने कुनै प्राकृतिक विपद्मा परेका जनतालाई उद्धार गर्न केन्द्रसँग समन्वय गर्दा ढिलो हुने भएकाले प्रदेशमा हेलिकप्टरको आवश्यकता रहेको बताए। 

प्रकाशित मिति: १६:३३ बजे, मंगलबार, पुस २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्