नेपाली सेनाको प्रवक्तामा नारायण सिलवाल
काठमाडौं, पुस २० : नेपाली सेनाले प्रवक्ताको जिम्मेवारी सहायक रथी नारायण सिल्वाललाई तोकेको छ । उनले यही पुस अन्तिम सातादेखि औपचारिक रुपमा आफ्नो जिम्मेवारी...
काठमाडौं, पुस २० : नेपाली सेनाले प्रवक्ताको जिम्मेवारी सहायक रथी नारायण सिल्वाललाई तोकेको छ । उनले यही पुस अन्तिम सातादेखि औपचारिक रुपमा आफ्नो जिम्मेवारी सम्हाल्नेछन्।
उनी हाल बालाजुस्थित १ नं वाहिनीपतिका रुपमा कार्यरत छन्।
प्रवक्ताको जिम्मेवारी हस्तान्तरण गर्ने क्रममा कमाण्ड बुझबुझारथको क्रम चलिरहेको छ। हालका प्रवक्ता सन्तोषवल्लभ पौडेलको शान्ति कार्य निर्देशनालयमा सरुवा भएको छ।
प्रकाशित मिति: १६:२८ बजे, मंगलबार, पुस २०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











