Kathmandu Press

अमेरिकामा एकै दिनमा १० लाखभन्दा बढीमा कोभिड–१९ सङ्क्रमण

वासिङ्टन, पुस २० : संयुक्त राज्य अमेरिकामा सोमबार एकै दिनमा १० लाखभन्दा बढीमा कोभिड–१९ सङ्क्रमणक देखिएको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकले देखाएको छ।अमेरिकामा विगत २४...
अमेरिकामा एकै दिनमा १० लाखभन्दा बढीमा कोभिड–१९ सङ्क्रमण

वासिङ्टन, पुस २० : संयुक्त राज्य अमेरिकामा सोमबार एकै दिनमा १० लाखभन्दा बढीमा कोभिड–१९ सङ्क्रमणक देखिएको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकले देखाएको छ।

अमेरिकामा विगत २४ घण्टामा करिब १।०७ मिलियन नयाँ सङ्क्रमण पुष्टि भएको देखिएको छ जुन विश्वमा कोभिड महामारीको सबैभन्दा नराम्रो स्थिति हो ।

नयाँ कोभिड(१९ मामिलाको संख्या पछिल्लो सात दिनमा दोब्बर बढेर प्रतिदिन औसत ४१८,००० पुगेको छ । 

यद्यपि, भाइरसको द्रुत फैलावटले देशको स्वास्थ्य सेवा प्रणालीमा थप दबाब मात्र दिएको छैन यसले अर्थतन्त्रलाई एकपटक फेरि नराम्रोसित प्रभाभित गरेको छ जसले गर्दा श्रमिकको अभाव, हजारौं उडान रद्द, र केही व्यवसायले फेरि आफ्नो ढोका बन्द गर्न बाध्य  भएका छन्। 

प्रकाशित मिति: १६:१४ बजे, मंगलबार, पुस २०, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्