Kathmandu Press

तान्जानियामा सडक दुर्घटनामा १४ जनाको मृत्यु, २२ घाइते

तान्जानियामा सडक दुर्घटनामा १४ जनाको मृत्यु, २२ घाइते
Hardik ivf

डोडोमा, पुस २० : दक्षिणी तान्जानियामा एउटा कार भीडमा ठोक्किँदा १४ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएको राष्ट्रपति कार्यालयले सोमबार जनाएको छ।

प्रहरीका अनुसार दक्षिणपूर्वी मटवारा क्षेत्रको लिदुम्बे गाउँमा आइतबार अबेर राति उक्त दुर्घटना भएको हो ।

दुर्घटनाको कारण तीव्र गति रहेको र चालकले नियन्त्रण गुमाउँदा उक्त दुर्घटना भएको बताइएको छ । 
तान्जानियाका राष्ट्रपति सामिया सुलुहु हसनले उक्त दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्। 

प्रकाशित मिति: १६:१२ बजे, मंगलबार, पुस २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्